पोखरामा दोहोरी साँझ र क्लबबाट ७ जना बालिकाको उद्धार

पाेखरा | साउन ३१, २०८१

पोखरामा दोहोरी साँझ र क्लबबाट ७ जना बालिकाको उद्धार

पोखरा:     पोखरामा २ दोहोरी साँझ र एक क्लबाट ७ जना बालिकाको उद्धार गरिएको छ । 


रात्रीकालिन व्यवसायमा बालिकालाई काममा लगाइएको अवस्थामा बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए । 


उनका अनुसार मंगलबार राति पोखराको चिप्लेढुङ्गास्थित गाउँ शहर दोहारी साँझबाट २ जना, साईनो साँझबाट २ जना र पोखरा–९ स्थित क्लब डी बाट ३ जना बालिकाका उद्धार गरिएको हो । 


जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका, श्रम कार्यालय कास्की र शक्ति समूह नेपालबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिकाभित्र सञ्चालित रात्रीकालिन व्यवसायमा अनुगमन गर्दा काममा लगाइएको अवस्थामा बालिकाको उद्धार गरेको हो । 
 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्